नियम २१
संगठित सस्था शेयरहोल्डर भएकोमा कार्यविधि
कुनै संगठित संस्था समितिको शेयर होल्डर भएकोमा त्यस्तो संगठित संस्थाको सञ्चालकहरूको समितिले प्रस्ताव पास गरी कर्पोरेशनको साधारण सभा वा विशेष साधारण सभामा आफ्नो प्रतिनिधि भई काम गर्न आफुले उपयुक्त देखेको व्यक्तिलाई अख्तियार दिन सक्नेछ । त्यस्तो अख्तियारी पाएको व्यक्तिले सो संगठित संस्थाको तर्फबाट सो संस्थाले शेयरहोल्डर वा ऋणदाताको हैसियतले पाउने सबै हक र अधिकारहरूको प्रयोग गर्न पाउनेछ । त्यस्तो संगठित संस्थाको एकजना सञ्चालकले सक्कल प्रस्ताव बमोजिमको नक्कल हो भनी प्रमाणित गरी रीतपूर्वक दस्तखत गरी कर्पोरेशनको सभामा सो अख्तियारको नक्कल पेश भएमा त्यसलाई निजको नियुक्तिको
प्रमाण मानिनेछ ।